शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यिनी अजिङ्गरलाई ‘बेबी’ भनेर माया गर्थे, तर यसैले लियो ज्यान

बिहीबार, ११ माघ २०७४, १३ : ३६
बिहीबार, ११ माघ २०७४

एजेन्सी–एक जना सापका मालिक ८ फिट लामो पाल्तु अजिङ्गरबाट मारिएका छन् । उनी सो अजिङ्गरलाई माया गरेर ‘बेबी’ भनेर बोलाउथें । 
२५ अगस्टमा ड्यानिएल ब्राण्डनलाई बसिङ्गस्टोक ह्याम्प्सायर नजिकै आफ्नो घरमा अजिङ्गरले टोकेको थियो । उनी ३१ वर्षका थिए । ‘टाइनी’ नामक अफ्रिकी पोथी घर–पालुवा अजिङ्गर उनको पार्थिव शरिर नजिकै खुल्ला रुपमा पाइएको थियो । 
मृत्यु जाँचबुझ अधिकारी एण्ड्र्यु ब्राड्लेले उनको मृत्यु ‘टाइनी’को टोकाइको कारण नै भएको भन्नेमा कुनै शङ्का नरहेको बताए । 
ब्राण्डनले बिगत १६ वर्षदेखि सर्पहरु पाल्दै आएका थिए । ‘टाइनी’ उनले घरको कोठामा पालेको १० साँप र १२ टेरन्टुला(ठूला जातका माकुरा) मध्य एक थियो । 
उनको आमा बरबरा ब्राण्डनले छोराले  कहिल्यै ‘टाइनी’बाट खतरा महसुस गरेका थिएनन् । अजिङ्गरको बलबारे ड्यानियल राम्रो जानकार रहेको बरबराले बताइन तर उनी सो अजिङ्गर पालेको कोठामा पस्दा भने कहिले काँही डस्न झम्टीएको बताइन ।
उनले अदालतमा आफ्नो छोराको मृत्यु भएको रात उसको कोठाबाट चर्को आवाज सुनेको बताइन तर उनले त्यसलाई डम्बेल वा केही चिजमा ठोक्किएको जस्तो लागेको बताइन् ।
पछि उनले आफ्नो छोरा सयनकक्षमा अचेत पाएको र अझ पछि अजिङ्गर दराजमुनि बेरिएको अवस्थामा पाएको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप