शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

बिहीबार, ११ माघ २०७४, १२ : २५
बिहीबार, ११ माघ २०७४

भोजपुर- भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । 

सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताए । 

एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप