शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्डफ्लु नियन्त्रणका लागि कपिलवस्तु सीमा नाकामा कडाई

बिहीबार, ११ माघ २०७४, १० : ५७
बिहीबार, ११ माघ २०७४

कपिलवस्तु– बर्ड फ्लु नियन्त्रणका लागि यहाँका सीमा नाकाहरुमा थप कडाई गरिएको छ । भारतबाट बैध तथा अबैध तरिकाले भित्राइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लु रोग आउने जोखिम रहेको भन्दै माघ ९ गते मंगलवारदेखी कृष्णनगर, मर्यादपुर चाकरचौडा लगायत एक दर्जन सीमानाकामा बिशेष कडाइ गर्न थालिएको हो ।

कपिलवस्तुको तौलिहवामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राबिधिक समितिको माघ ८ गते बसेको बैठकको निर्णय अनुसार यहाँका सम्पुर्ण सिमा नाकाहरुमा कडाई गरीएकोे जिल्ला पशु सेवा कार्यालयका प्रमुख अब्दुल सलामले जनाकारी दिए ।

‘सीमा नाकाहरुमा पोल्ट्रीजन्य पदार्थ भित्रिंदा बर्डफ्लु रोगको समेत जोखिम देखिएकोले सीमा नाकामा कडाई गर्ने निर्णय गरेको समिति सचिव समेत रहेका सलामले बताए ।

कृष्णनगरमा रहेको पशु क्वारेन्टाईन चेकपोष्टलाई पनि कडाईका साथ निग्रानी गर्न निर्देशन दिएको उनले बताए ।

यस्तै जिल्लामा भित्राइने पंक्षीजन्य चिजहरुलाई नियन्त्रणका लागि सुरक्षाकर्मीलाई थप निर्देशन दिईएको प्रअिज तथा समितिका संयोजक मदन भुजेलले बताए ।

कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेता अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अबैध तरिकाले भित्राउने गरेका जिल्लाका पोल्ट्री ब्यवासीहरु बताउदै आएका छन् । यसले गर्दा नेपाली पोल्ट्री ब्यावसायहरु मारमा पर्नुपरेको साथै बर्ड फुलुको जोखिम र बजार मुल्य समेत बढ्ने गरेको उनीहरु बताउँछन् ।

उनीहरुले यसको नियन्त्रणका लागि ठोस कदम चाल्नु पर्ने माग समेत गरेका छन् । तस्करहरुले लुकीछिपी नाकाहरुबाट चल्ला, अन्डा, कुखुरा भित्राउने गरेका छन् । 
नेपाल भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउने भएकाले सेतो अन्डा चल्ला भित्राउने गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप