बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बजार निरन्तर ओरालो

मङ्गलबार, ०९ माघ २०७४, १९ : १८
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले मन्जुश्री फाइनान्स लिमिटेडलाई रु तीन करोड ६२ लाख १९ हजार बराबरको ७६ लाख पाँच हजार ९७५ कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ ।  बोर्डले आज मन्जुश्री फाइनान्सलाई हकप्रद शेयर जारी गर्ने स्वीकृति दिएको हो । उक्त संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । 

धितोपत्र बजार निरन्तर ओरालो 
निरन्तर ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि नौ दशमलव शुन्य पाँच बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से परिसूचक नौ दशमलव शुन्य पाँच बिन्दुले ओरालो लागेर एक हजार ३९३ बिन्दुमा आइपुगेको छ । 

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत दुई दशमलव शुन्य दुई बिन्दुले घटेर २९३ दशमलव ९८ बिन्दुमा आइपुगेको छ । आज कुल १५५ कम्पनीको आठ लाख २८ हजार ७०७ कित्ता शेयर रु ३२ करोड २६ लाख ७३ हजार ३५८ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । 

आज बैंकिङ ६ दशमलव ६७, व्यापार शुन्य दशमलव पाँच, होटल ३७ दशमलव २९, विकास बैंक तीन दशमलव ४५, जलविद्युत् २९ दशमलव ४८, वित्त तीन दशमलव ८३, बीमा ८७ दशमलव ६५, अन्य शुन्य दशमलव ३६, माइक्रोफाइनान्स नौ दशमलव २१ बिन्दुले ओरालो लाग्दा उत्पादन समूह भने स्थिर रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप