शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोश्रो विश्वयुद्धमा भएको नरसंहारबारे काठमाडौंमा यस्तो छलफल

मङ्गलबार, ०९ माघ २०७४, १८ : ४३
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौ– द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा नेपालस्थित कूटनीतिक समुदाय र मानवअधिकार रक्षकहरूले जोड दिएका छन् ।  दोस्रो विश्वयुद्धका बेला मारिएका दशौँ लाख यहुदीको सम्झना गर्दै होलोकोष्ट स्मृतिका सन्दर्भमा यहाँस्थित संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, जर्मनी तथा इजरायलद्घारा संयुक्तरुपमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले होलोकोष्ट स्मृति दिवसले विगतका आमसंहारलाई पुनर्ताजगी गरेको बताए । 

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफरले इतिहासमा भएको दुःखद् घटना जर्मनीका लागि लज्जास्पद भएको उल्लेख गरे ।  क्याम्बोडिया, रुवाण्डा, बोस्नीया, डार्फरसहित जर्मनीमा भएका त्यसबेलाका आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोष्ट स्मृति दिवसको रुपमा मनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप