शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किराती मोर्चामा पार्टी एकता र गोपाल किरातीबारे छलफल शुरु

मङ्गलबार, ०९ माघ २०७४, १५ : ३५
मङ्गलबार, ०९ माघ २०७४

मोरङ– नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले पार्टी एकता र नेता गोपाल किरातीले प्रस्तुत गर्दै आएको विचारबारे औपचारिक रुपमा बहस शुरु गरेको छ । किरातीले उठाउँदै आएको विचार र पार्टी एकताका बारेमा मोर्चामा औचारिक रुपमा बहस शुरु भएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए । 

सोमबार सुनसरीको इटहरीमा मोर्चाको १ नम्बर प्रदेश स्तरीय भेला बोलाएर पार्टी एकता, गोपाल किरातीको विचार, प्रदेशको नामाकरण, प्रदेशको स्थायी राजधानी र संगठनको भावि कार्यदिशाबारे छलफल शुरु भएको महासचिव किरातीले बताए ।

निर्वाचनमा वाम गठबन्धनको सफलतापछि एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको बारे छलफल भएपछि माओवादी नेता गोपाल किरातीले माओवाद र पहिचानको मुद्धा छाडेर पार्टी एकता गर्न नहुने भन्दै फरक मत विचार राख्दै आएका छन् ।

उनले पार्टीको आठौ राष्ट्रिय महाधिवेशनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्रनै बुझाएर अधिवेशन नगरे आफ्नो समूहले छुट्टै पार्टी गठन गर्ने चेतावनी दिदै आएका छन् । भेलामा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल), पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई(पासाङ) लगायतको उपस्थिति रहेको थियो । 

भेलामा वक्ताहरुले पार्टी एकतामा पहिचानको मुद्धा छोड्न नहुने र संस्थापक नेता गोपाल किरातीलाई पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाव दिएका छन् । त्यस्तै १ नम्बर प्रदेशको नाम किरात राख्न संस्थागत पहल गर्ने र स्थायी राजधानीबारे थप छलफलपछि मोर्चा निर्णयमा पुग्ने मोर्चाका अर्का उपाध्यक्ष राकेश किरातीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप