शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि संविधान संशोधनमै अड्कियो राजपा, फोरम र वामगठबन्धन तालमेल

मङ्गलबार, ०९ माघ २०७४, १५ : ११
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिने समय भोलि अर्थात बुधवार हो । तर, राष्ट्रिय जनता पार्टी नेपाल र सांघीय समाजवादी फोरम नेपालले अझै उम्मेदवार टुग्यांएका छैनन् । ती दुई दलले विगत एक हप्तादेखि कहिले काँग्रेसको दैलो त कहिले वामगठबन्धनको दैलो चाहरेका छन् । वार्ता पनि गरे ।  अन्ततः वामगठबन्धनतिर फाइदा देखिएपछि राजपा र फोरम नेपाल उतै ढल्किए । 

राजपा र फोरम नेपालले काँग्रेससँग पाँच सीट मागेका थिए । तर, काँग्रेस तयार भएन । बरु बामगठबन्धन राजपा र फोरम नेपाललाई ६ सीट दिन तयार भयो । २ नम्वर प्रदेशका राष्ट्रियसभाका लागि ८ सीटमा चुनाव हुँदैछ । 

सीटमा त राजपा र फोरम नेपाल र बामगठबन्धनवीच कुरा मिल्ने ठाँउमा पुगेको छ । तर, पनि औपचारिक घोषणा हुन सकेको छैन् । यसका पछाडि राजपा र फोरम नेपालको अर्को माग पनि जोडिएको छ । ती दुई दलले वामगठबन्धनसँग सविधान संशोधनको कुरा झिेकका छन् । यसले वार्ता लम्बिएको छ ।  राजपा र फोरम नेपालले प्याकेजमा सहमति चाहेका छन् । राष्ट्रियसभा चुनावका लागि तालमेल गर्न सहमति गर्नुसँगै सविधान संशोधनको विषयलाई पनि प्याकेजमै ल्याउनुपर्ने राजपा र फोरम नेपालको प्रस्ताव छ ।

 फोरम र राजपा नेपालको यस्तो प्रस्तावप्रति एमाले पनि सकारात्मक देखिएको छ । एमालेले सीमांकनबाहेक अरु विषयमा संशोधन गर्न अझै तयार रहेको बताएको स्रोतले जनायो । वैठकमा सहभागी राजपाका एक नेताका अनुसार आजको वैठकमा एमाले नेताहरुले सविधान संशोधनमा आफुहरु कहल्यिै विरोधी नरहेको बरु काँग्रेसले भ्रम फैलाएको विषय राखेका थिए । 

यस अघि काँग्रेस र माओवादी केन्द्रले सविधान संशोधनका लागि प्रस्ताव ल्याउँदा त्यतिबेला एमालेले विरोध गरेको थियो ।  सविधान संशोधनमा एमालेलाई सहमतिमा ल्याउन राजपा र फोरम नेपालले पटक–पटक छलफल गरेका थिए । तर, कुरा मिलेको थिएन । 

अहिले फेरि राष्ट्रियसभा चुनावी तालमेलसँगै संविधान संसोधनको पुरानै विषय बहसमा आएको छ ।  सविधान संशोधन र सीटको विषयमा दलका शीर्ष तहमा छलफल गरेर पुन बस्ने गरी बैठक स्थगित भएको थियो । यसबीचमा राजपा नेपाल, फोरम नेपाल र वामगठबन्धनले छुट्टा छुट्टै छलफल गरे । 

राजपा नेपालअध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वामगठबन्धनसँग राष्ट्रियसभा चुनावका लागि तालमेलको विषयमा सहमति गर्दा सविधान संशोधने विषयमा पनि प्याकेजमा सहमति हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप