शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप फराकिलो बनाउँछः भट्टराई

मङ्गलबार, ०९ माघ २०७४, १४ : ०७
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं–नेकपा एमालेका नेता राजन भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप फराकिलो पार्दै लैजाने बताएका छन् । 

बामगठबन्धन नेतृत्वको नयाँ सरकार बन्ने राजनीतिक कोर्षमा मुलुक प्रवेश भईरहँदा नेता भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने प्रतिक्रिया दिएका हुन् । 

 मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारतसँगको सम्बन्ध बलियो बनाउनु नेपालको हितमा हुने तर्क समेत गरे । 

 नेपाल–भारत प्रवुद्ध समूहका सदस्य समेत रहनु भएका भट्टराईले नेपालको आन्तरिक मामिलाको निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनतामा निहित रहने पनि स्पष्ट पारे । 
 

नेता भट्टराईले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्नेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराए । 

एमाले नेता भट्टराईले नेपाल आफ्नो निर्णय आफै गर्न सक्षम राष्ट्र रहेको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप