यी हुन् माओवादी केन्द्रका राष्ट्रियसभा उम्मेदवार, बादलदेखि दीनानाथ शर्मासम्म
काठमाडौं– नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादीले नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ । बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन् भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् ।
माओवादीले प्रदेश नम्बर १ बाट बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश नम्बर २ बाट शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।
यस्तै प्रदेश नम्बर ३ बाट बादलसहित गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ भने प्रदेश नं ४ बाट दीनानाथ शर्मासहित खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ ।
प्रदेश नं ५ बाट राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइँदा प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) लाई उम्मेदवार बनाइएको छ ।
यस्तै प्रदेश नम्बर प्रदेश नं ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ ।
साेमबार बसेकाे माअाेवादी शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने जिम्मा शीर्ष तीन नेतालाई प्रदान गरेको थियाे ।
बैठकले अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार टुंगाे लगाउने जिम्मा दिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद