बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड र आर्सनलद्वारा सान्चेज र मिखितारियन साटासाट

मङ्गलबार, ०९ माघ २०७४, ०९ : ५२
मङ्गलबार, ०९ माघ २०७४

लण्डन । मिडफिल्डर हेनेरिक मिखितारियनसँग साट्दै म्यान्चेस्टर युनाइटेडले आर्सनलका फरवार्ड एलेक्सीस सान्चेजलाई अनुबन्ध गरेको छ ।

२९ वर्षीय चिलीका खेलाडी सान्चेज गत ट्रान्सफर विन्डोमा म्यान्चेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका थिए । तर, अहिले उनले अर्को म्यान्चेस्टर क्लबसँग १.४ करोड पाउण्डको साढे चार वर्षको करार गरेका छन् ।

सिटीले भने यसपटक सान्चेजलाई अनुबन्ध गर्न इच्छा देखाएन ।

यता, २९ वर्षीय मिखितारियन भने युनाइटेड छाडेर आर्सनलसँग अनुबन्ध भएका छन् । युनाइटेडका लागि ६३ खेलमा उनले १३ गोल गरेका थिए ।

अर्मेनियन खेलाडी सन् २०१६ को जुलाईमा २.६३ करोड पाउण्डमा बोरुसिया डर्टमण्डबाट युनाइटेड आएका थिए ।

तर, पछिल्लो समय प्रशिक्षक मोरिन्होसँग उनको सम्बन्ध बिग्रिए पछि उनले यो सिजन मात्र १० वटा लिग खेलमा शुरुवात गरेका छन् ।

उता, सान्चेजले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने भएका छन् । उनी शुक्रबार हुने एफए कपको खेलका लागि टोलीमा उपलब्ध हुनेछन् ।

सन् २०१४ को जुलाईमा बार्सिलोनाबाट आर्सनलमा अबद्ध भएपछि उनले आर्सनलका लागि ८० गोल गरेका छन् । गत सिजन उनले सर्वाधिक ३० गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप