बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदवारमा एमालेले कोमल ओलीसहित १३ जनाको नाम टुंगो लगायो

सोमबार, ०८ माघ २०७४, २२ : ५३
सोमबार, ०८ माघ २०७४

 काठमाडौं–नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 
ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४  जनाको नाम टुंगो लगाइएको छ । 
यसअघि प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
यस्तै प्रदेश नम्बर ७ बाट एमालेले  कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
यस्तै प्रदेश नम्बर ६ बाट  कविता बोगटी (महिला), हुम्ला, . नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट  र  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर  १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप