शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर कारोबार गर्नेहरुका लागि नेपाल धितोपत्र बोर्डको नयाँ निर्णय

सोमबार, ०८ माघ २०७४, १९ : १८
सोमबार, ०८ माघ २०७४

काठमाडौँ– शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो ।

सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप