त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
सोमबार, ०८ माघ २०७४, १९ : ०६
इटहरी– नेपाल आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा डुक युनाइटेड क्लब भुटानलाई ५–० ले पराजित गरी आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । आर्मीका जीतमा पदम तामाङले २० औँ र ४१ औं मिनेटमा गोल गरे । दुई–० गोलको अन्तरमा समाप्त भएको पहिलो हाफको खेलमा निकै उत्साहित भएको नेपाली सेनाको टोलीले आमन्त्रित भुटानी टोलीमाथि आक्रामक खेलको रणनीति बनाउँदै दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।
त्यस्तै, ६५ र ८५ औँ मिनेटमा आर्मीका दिनेश हेमजोङले दुई तथा ७० औँ मिनटेमा टंक बस्नेत एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक राष्ट्रिय जागृति क्लब इटहरी र गरिफा स्पोर्टस क्लब कोलकाताबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार