शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो निर्देशन

सोमबार, ०८ माघ २०७४, १९ : ०१
सोमबार, ०८ माघ २०७४

काठमाडौं– राष्ट्रिय पुननिर्माण प्राधिकरणले विपद् पश्चातको पुनर्लाभ कार्यढाँचाभित्र रहेर पुननिर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ । प्राधिकरणले पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुननिर्माण गर्नुपर्ने आयोजनाको मात्र ड्रईङ र लागत स्वीकृत गराएर पुननिर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 

भूकम्पबाट क्षतिग्रस्तभित्र रहेका सम्बन्धित आयोजनाहरुको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनावारे छलफल गर्न सोमवार बोलाइएको कार्यशाला गोष्ठीमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीले पुननिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पुर्ण पालना गर्न निर्देशन दिए ।  

बैठकमा सहभागी विभिन्न सरकारी निकायका प्रतिनिधीहरुलाई सम्बोधन गर्दै सचिव अधिकारीले भने, ‘सिमित स्रोत साधन भएकाले आयोजनाको प्राथमिकीकरण गरेर पुननिर्माणको काम अघि बढाउनुहोस् र नीति बाहिर गएर कार्यक्रम पेश नगर्न पनि सवैलाई प्राधिकरणको आग्रह छ ।’

उनले भूकम्प पीडितहरुको समस्यासँग बढी सम्बन्ध राख्ने आयोजनालाई उच्च प्राथमिकता, उच्चस्तरको समन्वय र भूकम्पबाट क्षतिग्रस्त आयोजनाको मात्र पुननिर्माण गर्ने गरी कार्यक्रम पेश गर्नुका साथै आगामी आर्थिक बर्षको तयारी अहिले देखिनै शुरु गर्न निर्देशन दिए । 

भूकम्पपछिको पुननिर्माण प्राधिकरणको मात्र नभई राष्ट्रकै सर्वोच्च प्राथमिकतामा रहेको बिषयमा ध्यान पुर्याउन समेत सचिव अधिकारीले सम्बन्धित सवैलाई आग्रह गरे ।  कार्यशाला गोष्ठीमा गृह, रक्षा, कृषि, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाई, पशुपंक्षी विकास, वन,सिंचाई,भौतिक,स्थानीय विकास, शिक्षा, शहरी बिकास मन्त्रालयका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधी लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप