बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढोरपाटन महिला भलिबल प्रतियोगिताः एपीएफ र न्यू डाइमन्डको अपराजित यात्रा कायमै

सोमबार, ०८ माघ २०७४, १८ : ५०
सोमबार, ०८ माघ २०७४

काठमाडौं– १३ औं ढोरपाटन महिला डवल लिग भलिबल प्रतियोगिताको साविक बिजेता एपीएफ र साविक उपबिजेता न्यू डायमण्ड क्लवले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । सोमबार भएका खेलमा न्यू डायमण्डले मेघौली स्पोर्टस क्लवबिरुद्ध ३–० को सेटमा सहज जित हाँसिल गरेको छ । 

उसले २५–२, २५–१२ र २५–११ ले खेल आफ्नो पक्षमा पारेको हो । त्यस्तै एपीएफले पनि प्यारामाउण्ट हाइस्कुलको टोलीबिरुद्ध २५–६, २५–४ र २५–४ को सहज जित निकाल्यो । सोमबार भएका अन्य खेलहरुमा नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्ट क्लबलाई तीन शून्यको सेटमा हराउने क्रममा २५–७, २५–५ र २५–१० को सेटमा जित निकाल्यो ।

सोमबार २ खेल खेलमा पूर्वाञ्चलले एउटामा जित र अर्को खेलमा हार ब्यहोर्यो । पूर्वाञ्चलले थ्रीस्टार स्कुललाई ३–० को सेटमा सहज जित निकाल्दा त्रिभुवन आर्मीसँग ३–० कै सेटमा पराजित भयो । त्यस्तै टम्प स्कुलले श्रीगाउँ खेलकुद बिकास कमिटिको टिमलाई ३–० कै सेटमा हरायो । प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेलहरु हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप