बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा एनआइसी एसिया बैंकका २ वटा नयाँ शाखा विस्तार

सोमबार, ०८ माघ २०७४, १८ : ४१
सोमबार, ०८ माघ २०७४

झापा– एनआइसी एसिया बैंकले एकैसाथ दुईवटा नयाँ शाखा विस्तार गरेको छ । सोमबार झापाको धुलाबारी र काँकडभिट्टामा सो बैंकले नयाँ शाखा बिस्तार गरेको हो ।  मेचीनगर नगरपालिका वडा नं. ६ र १० मा विस्तार गरिएका नयाँ शाखाहरुको नगरपालिकाका मेयर विमल आचार्यले औपचारिक उद्घाटन गरेका थिए ।

निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक एनआइसी बैंकका यी दुई नयाँ शाखासहित अब देशभर १ सय ५७ वटा शाखा भएका छन् भने १ सय ४६ वटा एटीएम र ४ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रवाह हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप