बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात उपमहानगर अपडेट : कहाँ कसको अग्रता ? (मतपरिणाम सहित)

शुक्रबार, १६ असार २०७४, १७ : ५७
शुक्रबार, १६ असार २०७४

काठमाडौं– दोस्रो चरणमा निर्वाचन भएका सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार  एमालेले रुपन्देहीको बुटबल उपमहानगर तथा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका ३ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । बुटवलबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार शिवराज सुवेदीले ३३२७ मत ल्याएका छन् । माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले २७०७ मत पाएका छन् । 


दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले २९७३ र उपप्रमुखमा माया शर्माले २६५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले २३९१ र उपप्रमुखमा देविका नेपाली घिमिरेले २२०० मत ल्याएका छन । माओवादी केन्द्रबाट प्रमुखमा शेषुराम भण्डारीले ४१५ र ४२९ मत ल्याएका छन् ।

यस्तै घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले ३४०२ र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले ३१८४ मत ल्याएका छन् । कांग्रेसका प्रमुख भुपबहादुर डाँगीले १९५१ र उपप्रमुखमा पुष्पा श्रेष्ठले २०७३ मत ल्याएका छन् । माओवादीका जीवन गौतमले ११३८ ल्याएका छन् ।  उता, सुनसरीको धरान उपमहानगरपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट प्रमुखमा तिलक राईले ९८८ र उपप्रमुखमा श्यामा रेग्मीले ५५६ मत ल्याएका छन् ।

एमालेबाट प्रमुखमा तारा सुब्बाले ६०२ र उपप्रमुखमा मञ्जु भण्डारीले ३४३ मत ल्याएका छन् । माओवादीका आइन्द्रविक्रम नेम्वाङले २७८ मत ल्याएका छन् ।
इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रोहितकुमार प्रसाईले १२७६ र उपप्रमुखमा विमला शिवाकोटीले १०६३ मत ल्याएका छन् । प्रतिद्धन्दी एमालेका द्वारिकालाल चौधरीले १०२२ र लक्ष्मीकुमारी गौतमले ८७९ मत ल्याएका छन् । 


धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले ८६९ ल्याउदा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ८१५ ल्याएका छन् हमाल ५४ मतले मात्र पछि छन् । त्यस्तै नेकपा एमालेका दुर्गाप्रसाद जोशीले १ सय ९१ र नेकपा माओवादी केन्द्रका रामसमझ रानाले १४८ मत ल्याएका छन् । यता, नेपालगन्ज उपमहानगरपालिकामा राप्रापाले अग्रता पाएको छ । राप्रपाका धवलशम्शेर राणाले १८२५ ल्याउँदा कांग्रेसले ९५७ र माओवादी केन्दले्र ९६९ मत ल्याएका छन् । उपप्रमुखमा राप्रपाकै रमारानी गुप्ताले १२१२ मत ल्याएर अगाडि छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप