शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सोमबार, ०८ माघ २०७४, १६ : १२
सोमबार, ०८ माघ २०७४

पाँचथर–११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङ्वरक गाँउपालिकाका एक युवालाई पक्राउ गरेको छ । आइतवार राती साढे ८ वजे बालिकालाई घर पु¥याइदिन्छु भनेर स्कुटरमा लिएर गएका याङ्वरक–४ थर्पूका कविन्द्र सुन्दासले विच बाटोमा स्कुटर रोकी बालिकामाथि बलात्कार गरेका थिए । पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ । 
सुन्दासलाई सोमवार पक्राउ गरि पाँचथर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप