शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

१४ बर्षको उमेरमा सेक्सको अनुमति दिइनु कति सही ?

सोमबार, ०८ माघ २०७४, १५ : ३३
सोमबार, ०८ माघ २०७४

एजेन्सी । सामाजिक सञ्जालमा महिला तथा पुरुषहरुले आफ्नो किशोरावस्थाको तस्विरहरु सार्वजनिक गरिरहेका छन् । यो मार्फत उनीहरुले १४ बर्षको बालबालिका आफ्नो सहमति दिनका लागि निकै सानो भएको कुरा जाहेर गरि रहेका छन् ।

#MeAt14 अभियान वाशिङ्टन पोष्टको एउटा खबरको प्रतिक्रिया स्वरुप जन्मिएको थियो । यसमा अलबामाका सीनेट पदका उम्मेदवार रोय मोरेमाथि आरोप लगाइएको थियो कि उनी ३२ बर्षको हुँदा १४ वर्षीय बालिकाको पिछा गर्थे ।

तर, रि पब्लिकन उम्मेदवार मोरेले आरोपहरुलाई खारेज गर्दै आफ्नो प्रतिक्रिया दिएका थिए । बिबाद त्यसबेला उचाईमा पुग्यो जति बेला फक्स न्युजका होस्ट सीन हैनिटीले आफ्नो रेडियो शोमा आरोपका बारेमा कुरा गर्दा ‘सहमति’ शब्दको उच्चारण गरे । तथापी यसलाई लिएर उनले माफी मागी सकेका छन् ।

ट्वीटरमा मानिसहरु #MeAt14 हैशट्यागका साथ किशोरावस्थाको तस्विर पोस्ट गर्दै उनीहरुले १४ बर्ष उमेरको मान्छेले कसरी सहमति दिन सक्छ भन्नेबारे प्रश्न गरी रहेका छन् । 

यो हैशट्यागका साथ पहिलो ट्वीट बिहिबार साँझ उत्तरी क्यारोलाईनाका बकिल कैथरिन आर एल लसनले गरेकी थिइन् । त्यसपछि अहिलेसम्म यस विषयमा ५० हजार ट्वीट भैसकेका छन् ।

उनले बीबीसीसँग कुरा गर्दै के भनेकी छिन् भने– ‘१४ बर्षकी कुनै किशोरीले वयस्क छोरामान्छेसँग सम्बन्ध राख्न सहमति दिन सक्दिन । यहि कुरा देखाउनका लागि मैले १४ बर्षको उमेरको तस्विर शेयर गरेको हो ।’

उनले भने– ‘यो कुरा १४ वर्षे कानूनी आधारको कुरा होइन बरु यो त साझा सामाजिक मूल्यको हो । जसको कारण केटाकेटी हाम्रो संरक्षणको हकदार हुन् ।’

अमेरिकाको हरेक राज्यमा सहमतिको कानूनी उमेर भिन्दा–भिन्दै छ । कहिँ यो उमेर १६ त कहिँ १८ बर्ष तोकिएको छ । अर्थात् कम्तिमा पनि १६ वर्ष छ ।

यो अभियान त्यस बेला झनै तिब्र भयो, जब डेली शोको सह निर्माता लिज्ज विन्स्टिडले आफ्नो तस्विर साझा गर्दै यही प्रश्न गरिन् । उनले लेखेकी थिइन्– ‘तपाई १४ बर्षको उमेरमा को हुनुहुन्थ्यो ?’ उनले अरुलाई पनि त्यस्तै गर्न भनेका थिए ।

मानिसहरुले यहि अभियानबाट आफ्नो प्रोफाईल तस्विर फेर्न थालेका छन् र जबाफमा आफ्नो #MeAt14 कथाहरु साझा गर्न थालेका छन् ।

एकजना ट्वीटर प्रयोगकर्ताले यस विषयमा के लेखेकी छन् भने– ‘यो मेरो १४ बर्ष उमेरको तस्विर हो । त्यतिबेला म मानविकीकी छात्रा थिए र कपालमा रिवीन लगाउने गर्थे ।’

अर्को ट्वीटर प्रयोग कर्ताले लेखेकी छिन्, ‘मलाई #MeAt14 राम्रो लाग्यो, ‘तर यदि महिलाहरुले तस्विरका माध्यमबाट उनीहरु पनि वालापनको हकदार छन् भनेर पुष्टि गर्न पर्ने हो भने यो साच्चै चिन्ताजनक कुरा हो ।’

अभिनेत्री अलिसा मिलानो समेत कयौँ नाम चलेका व्यक्तिहरुले पनि हैशट्यागको प्रयोग गरेर ट्वीट गरेका छन् । यसै गरी केही समय अघि चलाइएको #MeToo भन्ने अभियानकी मुख्य अभियानकर्ता मिलानो थिइन् ।

टीवी कलाकार केटी कौरिकले पोस्ट गरेर लेखेकी छिन्– ‘मैले त्यतिबेला चकलेट, चिप कुकी खाँदै थिए र बदमाशी कसरी गर्ने भनेर सिक्दै थिएँ मैले यस कुराको कहिलै पनि चिन्दा गर्दै थिइँन कि मलाई कुनै ३२ बर्षको मान्छेले मलाई धक्का दिन प्रयास गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप