शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी समर्थित सैन्यमाथि टर्कीकाे आक्रमण : तनाव बढ्ने सम्भावना

सोमबार, ०८ माघ २०७४, १४ : २३
सोमबार, ०८ माघ २०७४

इस्तानबुल–टर्कीको स्थल फौज आइतबार उत्तरी सिरियाको अफ्रिन प्रदेशमा पसेको छ । यो कुरा टर्कीका प्रधानमन्त्री यिल्दीरिमले पुष्टि गरेको त्यहाँका मिडियाले जनाएका छन् । अप्रेशन ‘जैतुनको हाँगा’ नाम दिइएको सो अभियान अफ्रिन क्षेत्रमा रहेका कुर्दीस सैन्य वाइ.पि.जी.विरुद्ध सन्चालन गरिएको जनाइएको छ । 

अफ्रिन क्षेत्र बाकी उत्तरी सिरियाली क्षेत्रबाट लामो खोँचले छुट्टिएको र सो समूहले त्यहाँबाट पूर्व इराकी सिमानासम्म आफ्नो नियन्त्रण कायम गरेर बसेको छ ।

टर्कीले आइतबारबाट तारो बनाएको समूहलाई अमेरिकी समर्थन रहेको छ । सो समूह अमेरिकी नेतृत्वमा सन्चालित आई.एस. विरुद्धको युद्धमा अमेरिकाको मित्रमण्डलको एक हिस्सेदार हो । टर्कीले भने वाइ.पि.जी.लाई आफ्नो देशमा पृथकतवादी आन्दोलन चलाइरहेको कुर्दिस पार्टी पि.के.के.को सिरियाली शाखा मान्दै आएको छ । टर्कीले पि.के.के.सँग जोडिएका हरेक समूहलाई आतङ्कवादी मान्छ । 
टर्कीको आइतबारको आक्रमणले यी दुई नाटो सदस्यबिच तनाब बढ्ने देखिएको छ ।

टर्की सरकार समर्थित समाचार सस्था ‘अनादोलु’ले सेनाको सङ्ख्या उल्लेख नगरी टर्की सेना अङ्कारा समर्थीत ‘फ्रि सिरियाली आर्मी’ सँगसँगै अघि बढेको जनाएको छ । स्थल सेनालाई हवाई सेनाको पनि सहयोग थियो । टर्कीका युद्ध विमानले कुल १५३ निशानामा बम खसालेका छन् । बम वाइ.पि.जी.को शस्त्र भण्डार देखि शरणार्थी शिविरसम्ममा खसेको पाइएको छ । 
टर्की सरकारले टर्की–सिरिया सिमाको भन्दा ३० कि.मी.सम्म सुरक्षित क्षेत्र बनाउन चाहेको जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप