शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको सामाखुशीमा सुरु भयो पैचो बिक्री कक्ष

सोमबार, ०८ माघ २०७४, १३ : ३१
सोमबार, ०८ माघ २०७४

काठमाडौं–राजधानीको सामाखुशी चोकमा पैचो पसल प्रालीको आधिकारिक विक्री कक्ष सुरु भएको छ । 
पहाडी र उच्चपहाडी भूभागका कञ्चा पदार्थ प्रयोग गर्दै खाद्य वस्तु उत्पादन गरिरहेको पैचो पसलले आफ्ना उत्पादन राजधानीको बजारमा भित्र्याएको एक वर्षपछि आफ्नै आधिकारिक विक्री कक्ष संचालनमा ल्याएको हो । विक्री कक्षको पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज शुभारम्भ गरे । 
 विक्रि कक्ष शुभारम्भ गर्दै पूर्वस्वास्थ्यमन्त्री पोखरेलले पैचोका उत्पादनहरुले अर्गानिक उत्पादनमा जोड दिने विश्वास व्यक्त गरे । 
ओजस आयुर्वेद अस्पतालको सहकार्यमा सुरु भएको विक्रि कक्षमा पैचोका सबै उत्पादनहरु पाइने भएको छ । ओजस अस्पतालका प्रबन्ध निर्देशक नारायण आचार्यले पहाडी उच्चपहाडी क्षेत्रका उत्पादनहरु स्वथ्यकर हुने भएकाले पैचोलाई एउटा मिसनको रुपमा अघि बढाउन चाहेको बताए । 
‘बसे पनि शहर गाउंकै खाने रहर’ भन्ने नाराका साथ डेढ वर्षदेखि गुल्मीको रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र खोलेर सुरु गरिएका उत्पादनहरु लिएरु पैचो पसल एक वर्ष अघिदेखि राजधानीको बजारमा प्रवेश गरेको थियो । अहिले हेटौंडादेखि सुदुर पश्चिमसम्म आफ्ना उत्पादनहरु पुर्याइसकेको पैचोका मुख्य बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए ।  
गुल्मी र पाल्पाका किसानले उत्पादन गरेका सबै खाद्य बस्तुहरु खरिद गर्दै आएको पैचोले अहिले कालिकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, प्यूठान, बागलुङ, पर्वत, स्याङ्ग्जाका किसानका उत्पादनहरु खरिद सुरु गरेको छ । 


पैचोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको इन्ट्रिग्रेटेड पेस्ट मेनेजमेन्ट (आईपीएम) प्रणालीका उत्पादन र पूर्ण अर्गानिक उत्पादनलाई मात्र प्राथमिकता दिने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप