शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोला मोःमोत्सवमा नायिका बर्षा सिवाकोटी

सोमबार, ०८ माघ २०७४, १२ : ४५
सोमबार, ०८ माघ २०७४

काठमाडौं–कोक–कोलाले चिसो मौसममा ल्याएकोछ ‘कोका–कोला मोःमोत्सव’ अफर । यसका लागि कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँग सहकार्य गरेको छ ।

मोःमोत्सवमा मःम र कोका–कोलाको कम्बो अनुभब उपभोक्ताहरुलाई गराउनका लागि चर्चित मोडल तथा नायिका बर्षा सिवाकोटीले बिभिन्न आउटलेटहरुमा गएर उत्सव सेलिब्रेट गरिरहेकी छन् । उनले आफ्ना फ्यानहरुसँग रमाइलो गर्दै यो उत्सव सेलिब्रेट गरेको बताइन् । भनिन् ‘म आज तपाईहरुसँग हुँदा निकै खुसि भएकी छुु ।

काठमाडौंका रेष्टुरेन्टहरुमा मलाई मनपर्ने मःम र कोका–कोला खाँदै तपाईहरुसँग रमाइलो गर्न पाएँ । मलाई तपाईहरुको साथले यो उत्सवमा निकै रोमाञ्चित बनाएको छ । यो महोत्सवमा सहभागी सबैले साथ दिनु भएकोमा खुशी ब्यक्त गर्न चाहन्छु ।’ यो अभियान जारी रहने  र उपभोक्तहरुले बर्षा सँग मःमका बिभिन्न परिकारसँग कोका–कोलाको मज्जा अझै लिन सक्नेछन् कोकाकोलाले जनाएको छ । 
यस अबसरमा कोका कोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले खाना जे भएपनि कोक– कोला विश्वभर सबै खानसँग खान मिल्ने प्राथमिक पेयपदार्थ भएको बताए । 

यो उत्समा सहभागी हुन कोका–कोला र मःमसँग आफ्नो सेल्फि खिचि ‘#cokeandmomo2018’ का साथ @CocaColaNepal ट्याग गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।  

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप