बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो एक्सपेरियन्स, अब तपाईंको सहरमा

सोमबार, ०८ माघ २०७४, १० : ४०
सोमबार, ०८ माघ २०७४

काठमाडौं ।  नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रा लिले रेनो कार प्रेमीहरुका लागि यहि २०७४ माघ ७ गतेदेखि माघ १४ गतेसम्म नेपाल अधिराज्यभरी रेनो एक्सपेरियन्स मेला शुरु गरेको छ । 

‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई १,००,००० बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, नि:शुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप