बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रियल र बार्साको गोलको वर्षा

सोमबार, ०८ माघ २०७४, १० : १४
सोमबार, ०८ माघ २०७४

म्याड्रिड । गेराथ बेल र क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले जीतको लयमा फर्कदै रियल म्याड्रिडले डिर्पोटिभो ला कोरुनाविरुद्ध ७–१ को विशाल जीत हासिल गरेको छ ।

गत डिसेम्बर ९ पछि लिगमा पहिलो लिग खेल जित्दै रियलले शीर्ष चारमा पुनः स्थान बनाएको हो ।

तर, खेलमा अग्रता भने डिर्पोटिभोले लिएको थियो । एड्रियन लोपेजले डिर्पोटिभोलाई अग्रता दिलाए पनि नाचोले लगत्तै गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफ सकिन लाग्दा गेराथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा भने रियलले गोलको वर्षा नै गरेको थियो ।

गेराथ बेल र नाचोले एक–एक गोल थपे भने क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै लुका मोड्रिचले पनि रोनाल्डोको पासमा गोल गरे ।

जीतपछि लिगको चौथोँ स्थानमा उक्लिएपनि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकलेपछि रहेको छ ।

रोनाल्डोले गोल गर्न नसक्दा रियलले पछिल्ला ६ मध्ये दुई खेलमा मात्र जीत हासिल गर्न सकेको थियो ।

उता, शीर्ष स्थानमा रहेको बार्सिलोनाले पनि रियल बेटिसमाथि ५–० को सहज जित हासिल गर्दै शीर्ष स्थानमा ११ अंकको अग्रता कायम रहेको छ ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्साले निकै सुदृढ प्रदर्शन गरेको थियो ।

लियोनेल मेस्सी र लुइस सुवारेजले दुई–दुई गोल गरे भने इभान र्याकिटिचले एक गोल गर्दै बासिलोनलाई सहज जित दिलाए ।

योसँगै सुवारेजले ला लिगामा आफ्नो सयौँ गोल पनि पूरा गरेका छन् भने मेस्सी १९ गोल सहित ला लिगाको सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् ।

बार्सिलोनाको २० खेलपछि ५४ अंक रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप