बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जरिवाना तिरे 'लाइसेन्स' नभए पनि छुट

सोमबार, ०८ माघ २०७४, ०७ : २७
सोमबार, ०८ माघ २०७४

सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । आजको नयाँ पत्रिकामा खबर छ ।

लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ । 

जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन ।

उनीहरुलाई ट्राफिकले जरिवानावापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् ।

दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गरेको छ ।

जसबाट सरकारलाई राजश्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनिकरण भएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप