केन्द्रीय संस्करण

विप्रेषण आप्रवाह घट्दो

person access_timeमाघ ७, २०७४ chat_bubble_outline0

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको उल्लेख छ । 

सबैभन्दा नेपाली मलेसिया गएका तथा साउदी अरेबिया र कतार जाने श्रमिक पनि उल्लेख्यरुपमा घटेका केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो आवको पाँच महिनाको अवधिमा रु तीन अर्ब ४९ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु ४० अर्ब ९५ करोडले घाटामा रहेको छ । 

त्यसैगरी अघिल्लो वर्षको सोही अवधिमा रु २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधानान्तर समीक्षा अवधिमा रु नौ अर्ब २७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X