शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पामा गर्भवती उपप्रमुखलाई बचाउन हेलिकोप्टर चार्टर

आइतबार, ०७ माघ २०७४, १९ : ५३
आइतबार, ०७ माघ २०७४

रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पाको मुड्केचुला गाउपालिकाकी उपप्रमुख सबिता रोकायालाइ हेलिकप्टरबाट उद्धार गरिएको छ । 

गर्भवती रहेकी मुड्केचुला गाँउपालिकाकी उपप्रमुख रोकायालाइ उच्च रक्तश्राव भए पछि हेलिकप्टरबाट उपचारको लागि पोखरा लगिएको हो ।

रक्ताश्रावपछि आफन्तले ५ लाखमा हेलिकप्टर चार्टर गरेर उपचार गरेका उनका आफन्त योगेन्द्र बुढाले जानकारी दिए ।

गर्भवती आमाको अवस्था झनै जोखिम हुने खतरा बढेपछि तत्तकाल थपउपचारको लागि पोखराको मनिपाल अस्पतालमा लगिएको थियो । अस्पतालमा आमालाई जोगाइए पनि उनकी छोरी भने बचाउन नसकिएको आफन्त बुढाले जानकारी दिए ।

हाल उपप्रमुख सबिता रोकायाको स्वास्थ्य अबस्था स्थिर रहेको पनि परिवार स्रोतले जनाएको छ ।

केहि दिनदेखि उपप्रमुख रोकायाको रक्तश्राव भइरहेको थियो । रक्तश्राव बढेपछि आफन्तहरुले तत्काल हेलिकप्टर मगाएर पोखरा लगेका हुन् । 

स्वास्थ्य संस्थाको समस्या र उपचार गर्ने कुनै पनि बिकल्प नहुँदा डोल्पका महिलाहरुले हरेक बर्ष भर्गवती हुन नसकेरै ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । 

डोल्पा जिल्लामा एक मात्र जिल्ला अस्पतालमा मात्र डक्टरहरु बस्ने गर्दछन् भने अन्य सबै स्वास्थ्य चौकीमा अहेब र एनएम मात्र बस्ने गर्दछन् । 

हरेक बर्ष डोल्पाबाट प्रसुति हुन नसकेका महिलाहरुलाइ निजी खर्चबाट हेलिकप्टरबाट नेपालगञ्ज, सुर्खेत,पोखरा र काठमाडौँमा लैजान पर्ने बाध्यता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप