हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु
आइतबार, ०७ माघ २०७४, १९ : ४३
लस एन्जेलस । अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।
शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ ।
दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ ।
पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले भने, “घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक रुपमा हेर्दा हेलिकोप्टर दुर्घटनामा परेको पाइएको जनाएको छ ।”
नियमित प्रशिक्षण तालिकाअनुसार उडान भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । घटनास्थल लस एन्जेलसदेखि २४० किलोमिटर टाढा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता