बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

आइतबार, ०७ माघ २०७४, १९ : ३७
आइतबार, ०७ माघ २०७४

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ । 

आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन् सोहीअनुरुप समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि केन्द्रीय सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने माग अघि सार्दै तालाबन्दी गरिएकोलगायत माग अघि सारेर तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । 

विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस सञ्चालक समितिले २०७० र २०७१ असोज ६ गतेपछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप