शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, ०७ माघ २०७४, १९ : ०७
आइतबार, ०७ माघ २०७४

पुनहरी घिमिरे

कपिलवस्तु । पूर्वपश्चिम राजमार्गअन्र्तगत कपिलबस्तुको बुद्धभुमि नगरपालिकास्थित इमिलियामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

मृत्यु हुनेमा जिल्लाको बुद्धभूमि नगरपालिका, १ बसन्तपुरका ४० बर्षीय चिप नारायण थारु रहेका छन् । 

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख ७४३७ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको लु १९ प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

बसले ठक्कर दिएपछि गम्भिर घाइते भएका थारुको उपचारका लागी जिल्ला अस्पताल तौलिहवा ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । 

शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल तौलिहवामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक अम्मर बहादुर कार्कीले बताए ।

 मृतक थारु जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप