मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

७ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुद्वारा सपथ

आइतबार, ०७ माघ २०७४, १८ : ४६
आइतबार, ०७ माघ २०७४

धनगढी । ७ नम्बर प्रदेशसभा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । 

आईतबार प्रदेश प्रमुख मोहनराज मल्लले कैलालीको धनगढीमा जेष्ठ सदस्य दिव्यश्वरी शाहलाई सपथ गराएलगत्तै अन्य सांसदहरुले पनि सपथग्रहण गरेका हुन । प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन् । सपथ ग्रहण कार्यक्रममा ५१ जना प्रदेशसभा सदस्यहरु मात्र सहभागी थिए । सपथमा डोटीबाट भरत खडका र कैलालीकी चुनकुमारी चौधरी अनुपस्थित रहेका थिए ।

त्यस्तै, प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले आइतबार कैलालीको धनगढीमा रहेको साना तथा घरेलु उद्योगको कार्यालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा पद बहाली गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप