शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही गोलीकाण्ड : हतियारसहित दुई जना पक्राउ

आइतबार, ०७ माघ २०७४, १८ : ३९
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । गत पुस २१ गते रुपन्देहीको काठ व्यवसायीमाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको सुनवल नगरपालिकाका ३६ वर्षीय पदम चौधरी र सुनसरी डुमराहाका ३६ वर्षीय महेन्द्र भन्ने महिनारायण चौधरी रहेका छन् ।

उनीहरुको साथबाट एउटा इटालियन पेस्ताल, दुई थान कटुवा पेस्तोल र गोलीसहित ९९ हजार नगद समेत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देही देवदह नगरपालिका वडा नं ३ खैरेनी चोक बस्ने ४३ वर्षीय बलु भन्ने बसन्त पौडेलमाथि आफ्नै काठ फर्निचर मिलमा मोटरसाईकलमा आएका अज्ञातहरुले गोली प्रहार गरेका थिए । 

पौडेलको छातीमा गोली लागी सख्त घाईते भएकोमा उनको उपचारको क्रममा सोही दिन लुम्बिनी अञ्चल अस्पताल वुटवलमा मृत्यु भएको ।

पक्राउ गरिएका दुई जनामाथि  संगठितरुपमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप