शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मोटो ट्रयाक २०७४’ सम्पन्न

आइतबार, ०७ माघ २०७४, १७ : ०४
आइतबार, ०७ माघ २०७४

काठमाडौं– डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले वाजी मारेका छन् । त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए । त्यसैगरी प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएका छन् । 

शनिबार मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । 
यसमा १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता थियो । प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो । 

प्रतियोगिताको मूख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको थियो । त्यसैगरी बाइकर्स नेपाल प्रायोजक तथा बीएसई कायो, क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्ट र सत्यदीप इन्टरनेसनल यसको सह–प्रायोजक रहेका थिए । प्रतियोगितामा रेडबुल तथा क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनरको रुपमा रहेका थिए । 
उक्त रेस प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा नेपाल मोटरसाइकल फेडरेसनको समेत सहयोग रहेको थियो । 

विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न बाइक कम्पनी तथा एसेसरिजहरुको स्टल समेत राखिएको थियो । 
ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा सो प्रतियोगिता सम्पन्न भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप