शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुदैछ टोल ट्याक्सको भवन निर्माणमा अनियमितता

आइतबार, ०७ माघ २०७४, १६ : ३०
आइतबार, ०७ माघ २०७४

परासी– नवलपरासीमा बनीरहेको टोल ट्याक्स भवन निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको पाइएको छ । भैरहवा भुमही बाईपास सडक खण्ड अन्तर्गत जिल्लाको रामग्राम नगरपालिका १२ कसिया चोकमा निर्माण भैरहेको टोल ट्याक्सको भवन निर्माणमा कमसल सामाग्री प्रयोग गरेर अनियमितता गरेको भेटिएको हो ।

ठेकेदारले टोल ट्याक्स अन्तर्गत कर्मचारीका लागि बनाइरहेको एक तल्ले कर्मचारी अवास भवनमा झरही खोलाको माटो मिक्स बालुवा र थर्ड क्लासको सेम ईट्टा र कमजोर मसला र त्यहिको भित्तामा लगाइएका ढुंगा प्रयोग गरि बजेट कुम्ल्याउन खोजेको स्थानीयहरुको भनाई छ । 

जिल्लाको परासीमा निर्माण गर्न लागेको उक्त टोल ट्याक्सका संरचनामा यसरी प्रयोग भैरहेको गुणस्तरहिन सामाग्रीप्रति जिल्ला प्रशासन र स्थानीय तहको ध्यान पुग्न सकेको छैन । एमके प्रदिप ड्रयागन जेभी काठमाडौ, निर्माण कम्पनीले ६ करोड, ७७ लाख ५५ हजारमा गैडाकोट, बसन्तपुर र परासीमा गरी ३ ठाउँमा टोल ट्याक्स निर्माण गर्ने ठेक्का लिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

ठेकदारले भनवमा कमसल सामाग्री प्रयोग गरि बजेट पचाउन खोजेको जन गुनासो बढेपछि आज नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको अगुवाईमा नागरिक समाजका सदस्य रामभवन यादव, बेचु गौड, जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायको संयुक्त टोलीले सो भवनको अनुगमन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप