शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विद्यार्थी संघमा दुई समूहको समानान्तर गतिविधि

आइतबार, ०७ माघ २०७४, १६ : १५
आइतबार, ०७ माघ २०७४

काठमाडौं–नेपाल विद्यार्थी संघका दुई समूहले समानान्तर रुपमा कार्यक्रम अघि बढाइरहेका छन् ।

 एक समुहले गरेको गतिविधिलाई अर्को समूहले वहिस्कार गर्दै आएको छ । दुई समूहमा रहेको संघलाई सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले नेतृत्व गरिरहेका छन् ।

महरको समूहले शैक्षिक र सीमाको मुद्धा लिएर दबाब कार्यक्रम र्याली गर्दै आएको छ भने महामन्त्रीको काफ्लेको समूहले देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  एउटै संगठनमा रहेका दुई पदाधिकारीले एकले अर्को पक्षको कार्यक्रम बारे जानकारी नभएको वताए ।

माघ तिनमा प्रदेश तीन अन्र्तगतको धार्दिङमा प्रशिक्षण राखेको काफ्लेको समुहले दुई नम्वर प्रदेश अन्र्तगत माघ ११ मा रौतहटको चन्द्र निगाहपुरमा प्रशिक्षण गर्दैछ । यस अघि तीन नम्वर प्रदेशमा गरिएको प्रशिक्षणको आयोजक नेविसंघको  तिन नम्वर प्रदेश समिती थियो भने दुई नम्वर प्रदेशमा जनज्याति क्याम्पस इकाईलाई आयोजक बनाइएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले महामन्त्रीको समुहले गरेको प्रशिक्षणलाई सहयोग गरिरहेका छन् । माघ ११ को प्रशिक्षणमा युवा नेता गगन थापालाई प्रमुख अतिथी बनाइएको छ । धनराज गुरुङ र गुरुराज घिमिरेलेलाई प्रशिक्षक बनाइएको छ ।

विद्यार्थीलाई निशुल्क स्वास्थ्य विमा, त्रिवीको शुल्क कटौति तथा सिमा रक्षाको माग उठाउँदै आएको सभापति महरको समुह भने सरकारसंँग वार्ताको क्रममा रहेको छ । एक चरण सरकारसँग वार्ता गरिएपनि कुनै निष्कर्षमा नपुगिएको महरले वताए । सभापतिको कार्यक्रमलाई महामन्त्रीको समुहले असहयोग गरिरहेको छ भने महामन्त्रीको समुहले गर्दै आएको प्रशिक्षणलाई संघको नभएको संस्थापन पक्षको जिकीर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप