बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाका राजदूतले किन भेटे प्रचण्ड ?

आइतबार, ०७ माघ २०७४, १५ : ०१
आइतबार, ०७ माघ २०७४

काठमाडौं-नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । 
आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। 
भेटमा राजदूतले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिए ।
हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका छन् । 
हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरे । 
जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिए ।
अध्यक्ष प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए । 
सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले(माओवादी बीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको लाई जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप