बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकद्वारा ४४ अर्ब  ८२ करोड अनुदान सहायता

आइतबार, ०७ माघ २०७४, १३ : ३१
आइतबार, ०७ माघ २०७४

काठमाडौं–विश्व वैंकले करिव ४४ अरव ८२ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । 

बैंकले व्यवसायिक शिक्षा तथा प्रशिक्षण परियोजना र भूकम्पपछिको पुनर्निर्माणका लागि ४४ अरव ८२ करोड आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरेको हो ।
 आईतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ सचिव शंकरप्रसाद अधिकारी र वैंकका राष्ट्रिय निर्देशक क्विमियो फानबीच सो अनुदान सहायता समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
समझदारी अनुसार करिव ३१ अरव बजेट भूकम्पपछिको पुनर्निर्माणको कामका लगानी गरिने अर्थ मन्त्रालया सचिव अधिकारीले जानकारी दिए । 
विश्व बैंकले भूकम्पले क्षति पु¥याएका नुवाकोट, धादिङ र दोलखाका ९६ हजार आवास निर्माणमा लगानी गर्ने यस अघि नै समझदारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप