शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा महिला उद्यमशीलता सम्मेलन सम्पन्न

आइतबार, ०७ माघ २०७४, १३ : २६
आइतबार, ०७ माघ २०७४

काठमाडौं–महिला उद्यमशिलतालाई बढावा दिने उद्देश्यले ‘कनेक्ट कोलाबोरेट, क्रिएट’ भन्ने नाराका साथ भएको चौथो युवा महिला उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । 
 सम्मेलनमा १७० भन्दा बढी विभिन्न व्यवसायमा आबद्ध महिला तथा बिद्यार्थीरुको सहभागी रहेको थियो । कार्यक्रमलाई लक्ष्मी बैंकले प्रयोजन गरेको थियो । 

सन २०१३ देखि हुदै आएको महिला उद्यमशीलता सम्मेलन यस वर्ष अझ भएको र युवा उद्यमी मञ्चको काठमाडौ च्याप्टरबाटबाट मात्र २० जना महिला सहभागी हुनुले हरेक वर्ष महिला उद्यमीहरुको संख्या बढ्दै गएको सन्देश दिएको महिला उद्यमशीलता सम्मेलनकी अध्यक्ष जुना माथेमाले बताइन् । 
 अघिल्लो वर्ष भन्दा यस बर्ष सहभागिता  संख्या बढेको भन्दै अध्यक्ष माथेमाले महिलाहरुमा आफुले केही गर्नुपर्छ भन्ने भावना बृद्धि भएको बताइन् । 

सहभागीहरुलाई काठमाडौ च्याप्टरकी कार्याकारी सदस्य  प्रसन्ना वस्नेतले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा सगरमाथा आरोही सैली बस्नेतले जीवनको अन्तिम अवस्थासम्म सफल हुनका लागि संघर्ष गर्नुपर्ने र सफलतामा नमातिन भन्दै प्रेरणादायी अभिव्यक्ति दिइन् । 
 बस्नेतले आफ्नो सगरमाथासम्मको यात्रा  र आफू कसरी उद्यमी बनेको जस्ता विषयमा अनुभव बाढेकी थिइन् ।  बस्नेत  मे २००८ की सगरमाथा आरोही हुन् । 


कार्यक्रममा सेवा पाठक (भायनेट), अनिशा शाक्य मुस्कान, प्राथना शाखा (हेल्मेट नेपाल) लगायत उद्यमीले आफ्नो उद्यमशीलता यात्राका बारेमा जानकारी गराए । 

हौसला थापाले मध्यस्थता गरेको प्यानल डिस्कसनमा काजी स्टुडियोकी कृति शाक्य, महिला लिड नेपालमा क्लेयर नेल्लर र हाइड्रो सोलुसनकी निभिता प्रधानको सहभागीता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप