शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसुवागढीबाट सोमबारदेखि समान भित्रँदै

आइतबार, ०७ माघ २०७४, १३ : २५
आइतबार, ०७ माघ २०७४

रसुवा -नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । 

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताउनुभयो । 

नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आज मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले भोलिदेखि नेपालमा सामान पठाइने बताउनुभयो । उहाँका अनुसार भोलि बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ । 

नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप