शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सरकार ठप्प, यो कसरी भयो ?

आइतबार, ०७ माघ २०७४, १३ : १६
आइतबार, ०७ माघ २०७४

न्युयोर्क–बाह्य अवलोकनकर्ताहरू अमेरिकी सरकार ठप्प भयो भन्ने खबरले अन्यौलमा पार्नसक्छन् । त्यस्तो अवस्था के हो र यो अवस्था कसरी आयो त ?

अमेरिकी राजनीतिक बोलीमा एप्रोप्रिएसन बिल भनिने एक विधेयकले अमेरिकी सङ्घीय सरकारको बजेटको काम गर्छ । यो खर्च विधेयक अमेरिकी संसदको दुबै सदनबाट पारित गरिनुपथ्र्यो र त्यसपछि १९ जनवरी को मध्यरातसम्म राष्ट्रपति डोनाल्ट ट्रम्पद्वारा हस्ताक्षर गरिनुपथ्र्यो । तर सङ्घीय सरकारको खर्च जुटाउने सो विधेयकले माथिल्लो सदन (सिनेट) बाट पास हुन आवश्यक ६० भोट पुर्याउन सकेन ।
र त्यसैले सङ्घीय सरकार पूर्णतः बन्द भएको छ ।

के यसअघि पनि यस्तो भएको थियो ?

अमेरिकी सरकार यसअघि पनि धेरै पटक बन्द भएको छ ।
पछिल्लो पटक सन् २०१३ मा सोह्र दिनका लागि बन्द भएको थियो । त्यस बेला रिपब्लिकन पार्टीले राष्ट्रपति ओबामाले ल्याएको ओबामा केयर कार्यक्रमका केही प्रावाधान हटाउन वा सो कार्यक्रम लागू गर्ने मिति पछि सार्न माग गरेको थियो । आफ्ना माग पूरा नभएपछि बजेट पास गर्न आवश्यक रिपब्लिकन भोट नपाएर खर्च विधेयक पास भएन ।

त्यसबेला राष्ट्रिय स्मारकहरु र पार्कहरु समेत बन्द भएका थिए । लाखाँै सरकारी कर्मचारीहरुलाई बेतलबी विदा दिइएको थियो । क्यानडा र अमेरिका बीचको ८८९१ कि.मि. लामो सीमा निगरानी गर्ने कर्मचारी जम्मा एक जना बाँकी थिए । विल क्लिन्टनको सरकारको पालामा दुई पटक र त्यस अगाडि सन् १९७८ मा अठार दिनका लागि सरकार बन्द भएको थियो ।

तर कङ्ग्रेसको दुवै सदनमा एउटै पार्टीको बहुमत भएको र राष्ट्रपतिसमेत सोही पार्टीको भएको बेला बजेटमा गतिरोध आएर सरकार बन्द भएको भने यो पहिलो पटक हो ।

विधेयक पास गर्न भएका प्रयासहरु

अमेरिकी सरकारका लागि २०१८ भरका लागि खर्च गर्न मिल्ने विधेयक ल्याउने प्रयास असफल भएपछि हाल पास हुन नसकेको विधेयक केही हप्ताका लागि खर्च विधेयक थियो अर्थात् फेब्रुअरी १६ सम्मको खर्च बेहोर्ने हिसाबले ल्याइएको थियो । त्यसपछि पनि अर्को विधेयक नल्याउँदा यो समस्या पुनः आउनेवाला थियो ।

यो विधेयक प्रतिनिधि सभा र सिनेटका रिपब्लिकन नेताहरुले तयार पारेको थिए । यसमा पास गराउन सजिलो होस् भनेर यसमा केही लोकप्रिय प्रावधान राखिएका थिए । स्वास्थसम्बन्धी कैयौँ अलोकप्रिय करहरु हटाइएका थिए ।  

न्यून आय भएका परिवारको खर्च बेहोर्ने बालबालिकाको स्वास्थ बिमा कार्यक्रम लाई ६ वर्षका लागि पूर्णत लागू गरिएको थियो ।
तर यी लोकप्रयिकर बदलाब आवश्यक मात्रामा प्रियकर भएनन् र विधेयक पास हुन असफल भयो ।

अन्तिम समयमा के भयो
बुधबारसम्म रिपब्लिकनहरुको चाल स्पष्ट देखिन्थ्यो ।

प्रियकर बदलाबहरुका कारण अस्थायी कोष प्रतिनिधिसभामा डेमोक्रेटको विरोधका बाबजुद अत्यधिक मतले पास हनेछ र त्यसपछि सिनेटमा मतदानमा जाँदा डेमोक्रेटले विधेयक रोकेको अवस्थामा गरिब बालबालिकामा जाने रकम रोकेको आरोप हुने डरमा त्यस्तो नहुने आँकलन रिपब्लिकनले गरेका थिए ।

तर बिहीबार रिपब्लिकन पार्टीकै धरातल कमजोर रहको देखिन थाल्यो ।

राष्ट्रपति ट्रम्पले सो विधयेकमा बालबालिको स्वास्थ्य बिमा कार्यक्रमका लागि खर्च राखिएको मन नपराएको ट्विट गरे तर पनि सो विधेयक समर्थन गर्ने ह्वाइट हाउसले जनायो ।

प्रतिनिधि सभाबाट त सो विधेयक पास भयो तर सिनेटका रिपब्लिकनका केही सदस्यले नै सो विधेयकको विपक्षमा भोट हाल्ने जनाउ दिए ।
र डेमोक्रेटका सिनेटहरुले आफूहरुसँग सो विधेयक रोक्न पर्याप्त भोट रहेको घोषणा गरे ।

अन्तिमा विधेयक ५०–४९ को अन्तरले पास हुन सकेन ।

अब के हुनेछ ?
अधिकांश सङ्घीय संस्था बन्द हुनेछन् र सङ्घीय कर्मचारीलाई बिदामा बस्न अनिवार्य गरिने सम्भावना छ ।

राष्ट्रिय सुरक्षा र हवाई आवगमन सुचारु रहनेछ ।

अमेरिकी प्रतिरक्षा सेक्रेटरी (नेपालको रक्षा मन्त्री समान) जिम म्याटिसले आफ्नो विभागका पचास प्रतिशत काम नहुने जनाएका छन् ।

राष्ट्रिय पार्क र स्मारकहरु बन्द हुन सक्छन, जुन सन् २०१३ को अघिल्लो पटक सरकार ठप्प हँुदाताका बन्द हुँदा ठूलो जनआक्रोश देखिएको थियो । भोटभन्दा अघि राष्ट्रपति कार्यालयले विधेयक पास नभएको अवस्थामा पनि पार्क र स्मारक खुल्ला राख्न आकस्मिक योजनाहरु बनाइरहेको रिपोर्टहरु आएका थिए ।
भिसा र पासपोर्ट संसाधन कार्य पनि ढिलो हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप