बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ ग्रहण समारोहमा सांसद दीपक मनाङे अनुपस्थित

आइतबार, ०७ माघ २०७४, १२ : ५८
आइतबार, ०७ माघ २०७४

पोखरा– मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङे भनिने राजीव गुरुङ प्रदेश नम्बर ४ को शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । 
२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।
आईतबार प्रदेश नम्बर–४का प्रेदश संसदहरु पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा उपस्थित हुँदा मनाङ्गे भने अनुपस्थित भएका हुन् । ४ नम्बर प्रदेशका प्रदेश सांसदहरुलाई प्रदेशप्रमुख बावुराम कुँवरले शपथ गराएका छन् ।
मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मनाङ्गेले एमालेको समर्थनमा चुनाव जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप