बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य विवादमा श्रीमतीको हत्या

आइतबार, ०७ माघ २०७४, १२ : ४६
आइतबार, ०७ माघ २०७४

काठमाडौं– झापाका दिनेश गहतराज विकले सामान्य विवादमा आफ्नै श्रीमतीको हत्या गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१ बस्दै आएका विकले शनिवार सामान्य विवाद हुँदा धारिलो खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
 
आफ्नै श्रीमती १७ बर्षिय युनिताहाङ लिम्बुलाई हत्या गरेको अभियोगमा २३ वर्षीय दिनेश गहतराज बिकलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट युनिताहाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
यसैबीच, मकवानपुर घर भएका ३२ वर्षीय बिनोदकुमार राना सहित ४ जनालाई प्रहरीले रेड पाण्डाको छाला २ थान सहित शनिबार पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका–३ स्थित हरियो पर्दा होटलबाट पक्राउ गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप