लन्डनमा धिरजसँग मस्ती गर्दै साम्राज्ञी
काठमाडौं –पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले लन्डनमा छिन् ।
‘इन्टु मिन्टु लन्डनमा’ चलचित्र छायाँकन सिलसिलामा उनी त्यहाँ पुगेकी हुन् । तीन पटकको प्रयासमा बेलायत भिषा पाएकी शाह अहिले लन्डनका बिभिन्न स्थानमा चलचित्रका लागि रोमान्टिक दृश्य दिइरहेकी छन् ।
चलचित्रको लन्डन छायाँकनका केही तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी र नव अभिनेता धिरज मगरको रोमान्स देख्न सकिन्छ । चलचित्रको अहिले ७५ प्रतिसत छायाँकन सकिएको निर्माण युनिटले जनाएको छ ।
कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्र प्रज्वल समशेर जबरा र रेनाशाकै कथामा निर्माण थालिएको हो । रोमान्टिक लभस्टोरी बिषयबस्तु बताइएको चलचित्र आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्वल समशेर जबराले निर्माण गरिरहेका हुन् ।
चलचित्रका सह–निर्माता सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ