शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिलाषा सुपर मोडल घोषित

आइतबार, ०७ माघ २०७४, ११ : ३५
आइतबार, ०७ माघ २०७४

काठमाडौं – ‘द सुपर मोडल नेपाल–२०१२८’को उपाधि अभिलाषा शर्माले जितेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय शुक्रबार अबेर सम्पन्न प्रतियोगितामा ४४ प्रतियोगीलार्इं पछि पार्दै उनले उपाधि चुमेकी हुन् । 
अभिलाषाले शीर्ष उपाधि सहित नगद २५ हजार तथा विभन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनले फोटोजेनिक सवटाइटल पनि आफ्नो पोल्टामा पारिन् ।
प्यासिकफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करण हो । यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भए भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जितेका छन् । दुबैले उपाधि सहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे । 
अन्तिम प्रतिस्पर्धाका लागि फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. बिजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य निर्णायक थिए । रोजिन शाक्यको कोरियोग्राफी प्रतियोगीतामा रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप