बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा ३०३ महिला हिंसाका घटना

आइतबार, ०७ माघ २०७४, ११ : १३
आइतबार, ०७ माघ २०७४

महोत्तरी– महोत्तरीमा महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारका घटना बढेका छन् ।
सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपीट, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा जस्ता घटना बृद्धि भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) महोत्तरीको प्रतिवेदन २०१७ का अनुसार ६ सय ६ वटा मानव अधिकार उल्घंनको घटनामध्ये महिला तथा घरेलु हिंसाका २ सय ७६ वटा, बलात्कार वा बलात्कारको प्रयासका घट्ना १२, बहु विवाहका ५, हत्या ८ र यातनाको २ घटनाहरु घट्ना भएका छन् । 
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३८ को उपधारा ३ ले महिला विरुद्ध धार्मिक,सामाजिक,साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक,मानसिक,यौनजन्य,मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको छ । त्यस्तो  कार्य गरेमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी उल्लेख गरिएपनी ब्यवहारमा लागुहुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप