शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउपुरमा नेपाल क्रेडिट एण्ड कमर्सको नयाँ शाखा

आइतबार, ०७ माघ २०७४, १० : ५७
आइतबार, ०७ माघ २०७४

काभ्रे– काभ्रेको मण्डन देउपुर वडानम्बर ६ सिपाघाटमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । शाखाको सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेतले गत शुक्रबार उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल उपस्थित रहेका थिए ।
त्यस्तै समारोहमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरुबीच सुमधुर सम्बन्ध रहने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप