शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सदस्यको शपथपछि मतदाता नामावली प्रकाशन गर्ने तयारी

आइतबार, ०७ माघ २०७४, १० : २७
आइतबार, ०७ माघ २०७४

काठमाडौं– आइतबार प्रदेश सदस्यहरुको सपथपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली प्रकाशित गर्ने भएको छ ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।
५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएर राष्ट्रियसभा सांसद् निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । उनिहरुको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जनाले मतदान गर्नेछन् उनीहरुको मतभार १८ हुनेछ । यसरी राष्ट्रिय सभा निर्वाचनका मतदाता दुई हजार ५६ जना हुनेछन् ।
आगामी माघ २४ मा राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाएको छ । 
आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले बताए । 
५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठआठ निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप