बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालकोटमा बस्दैछ एमाले–माओवादी एकता संयोजन समिति बैठक

आइतबार, ०७ माघ २०७४, १० : १८
आइतबार, ०७ माघ २०७४

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ ।
बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको हो ।
बैठकले दुई पार्टी एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकाता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा कुराकानी भएको थियो ।
आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ । 
सो प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफलपश्चात पारित गर्ने तयारी भएको छ । त्यस्तै नेताहरुबीच एकीकृत पार्टीको सामाजिक न्याय र समानतासहितको कार्यदिशा अनुसार अघि बढ्ने सहमति भैसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप