शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५५० जना प्रदेश सांसदको शपथ

आइतबार, ०७ माघ २०७४, १० : ०८
आइतबार, ०७ माघ २०७४

काठमाडौं–आज सात वटै प्रदेशका प्रदेश सांसदले सपथ लिदैछन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि सवै प्रदेशका प्रमुख सरकारले तोकेको प्रदेशको अस्थायी मुकाम गएका थिए । 
आज सात वटै प्रदेशमा प्रदेश प्रमुखले पहिला जेष्ठ सदस्यलाई शपथ खुवाउनेछन् भने जेष्ठ  सदस्यले अन्य सदस्यहरुलाई शसपथ खुवाउनेछन् । 
प्रदेशसभा सदस्यको शपथका लागि आवश्यक तयारी पुरा भैसकेको छ । 
सरकारले १ नम्वर प्रदेशका विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ कोे धनगढीलाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । 
त्यसैदिन सरकारले सातवटै प्रदेशका प्रमुख पनि नियुत्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप