शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडो पीडितलाई कम्बल वितरण

आइतबार, ०७ माघ २०७४, १० : ००
आइतबार, ०७ माघ २०७४

राजविराज - पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट पीडा खेपिरहेकालाई शनिबार न्यानो कपडा वितरण गरेका छन् । 

तीन सातायताको शीतलहरले प्रभावित भएका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका बासिन्दालाई यादवले राहत वितरण गरे । त्यहाँका अपाङ्ग, एकल महिला, दलित र विपन्न परिवार गरी १७५ परिवारलाई सो कम्बल बितरण गरेका हुन् । 

यसैगरी, आहतमा परेका विपन्न परिवारका लागि राहत वितरण गर्दै आएका धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले शनिबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटी टोलका दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । 

क्लवका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवका अनुसार उक्त टोलका दलित र विपन्न गरी ४५ परिवारलाई शीतलहरबाट जोगिन कम्बल गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप